स्वर्गीय इमानद्धारा लिखित ‘लाहुरे दाई’ को पोखरामा चर्चा

काठमाडाैं | कात्तिक २१, २०७९

स्वर्गीय इमानद्धारा लिखित ‘लाहुरे दाई’ को पोखरामा चर्चा

परदेशी दाजुभाइको कस्तो होला अहिले हाल


हाल राम्रो भए पनि नबिगार्नू आफ्नो चाल 

 

पोखरा : स्वर्गीय सुवेदार इमानबहादुर तमुद्धारा लिखित ‘ लाहुरे दाई’को कविता संग्रह पोखरामा चर्चा गरिएको छ । 

 

म्हिकी कोने परिवार घान्द्रुक र लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा स्वर्गीय तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । 

 

२०७९ असोज २ गते  घान्द्रुक समाज हङकङको आयोजनामा उपाध्यक्ष आशा गुरुङको अध्यक्षतामा विमोचन गरिएको ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । 

 

स्वर्गीय तमुद्धारा प्रकाशित ‘देखेपछि लेखेँ’ ( कविता संग्रह २०७० ) र सरल ( कविता संग्रह २०७७ ) पछि हङकङबाट प्रकाशित डायस्पोरिक साहित्य पत्रिका साब्लाबुङको सम्पादक साहित्य विश्लेषक वरिष्ठ साहित्यकार राज कुमार राईको सल्लाह सझावमा कृति पुस्तको नाम ‘ लाहुरे दाई’ र साहित्य पत्रिका सुरप्रभा पोष्टका प्रकाशक सम्पादक वरिष्ठ साहित्यकार तथा गीतकार भावेश भुमरी तथा गीतकार विशु समको सहयोगमा ‘ लाहुरे दाई’ कविता संग्रह प्रकाशित भएको थियो । 

 

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष गौतम गुरुङले साहित्यकार स्वर्गीय सुवेदार इमान बहादर तमु घान्द्रुकबासीका लागि अमर रहेको बताए । 

 

‘ स्वर्गीय इमानबहादुर तमुको स्वर्गारोहन भएको २ वर्ष बित्न लाग्यो’ उनले भने, ‘उहाँ हामीमाझ नभएपनि समाज परिवर्तनमा गरेका सहयोग र उहाँको साहित्यले घान्द्रुक बासीका लागि मात्र नभएर सिङ्गो साहित्यको क्षेत्रमा अमर रहनुभएको छ ।’

 

यस्तै मेश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरुङले स्वर्गीय ईमान बहादुर तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह विक्रीबाट आएको आम्दानी विद्यालयमा स्मृतिकोषमा राखिने बताए । 

 

‘ स्वर्गीय सुवेदार तमु साहित्यकार मात्र नभएर एक असल समाजसेवी हुन्’ उनले भने,‘ स्वर्गीय सुवेदार तमले विद्यालयमा महत्वपुर्ण योगदान पु¥याउनुभएको छ । उहाँले प्रकाशित गर्नुभएका पुस्तक विक्रीबाट आएको आम्दानी विद्यालयमा उहाँको स्मृतिकोषमा राख्नेछौं ।’

 

२०११  कात्र्तिक ३ गते घान्द्रुकमा जन्मनुभएका सुवेदार तमुको २०७७ मंसिर २५ गते मृत्यु(देहाववसान ) भएको थियो । स्वर्गीय तमुले यस अगाडी देखेपछि लेखेँ ( कवितासङ्ग्रह २०७०) र सरल ( कवितासङ्ग्रह २०७७ कृति प्रकाशित गरेका छन् । 

 

‘लाहुरे दाइ’ कवितासङ्ग्रह भावेश भुमरीको भाषा सम्पादन, राजकुमार राईको भूमिका र कवि सुवेदार इमानबहादुर तमुको लेखन र मैनाकुमारी तमुको प्रकाशनमा प्रकाशित भएको थियो ।  
 

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्